• Menu

कपिलवस्तुको गोरुसिंगेमा दुध ट्यांकर दुर्घटना, सहचालक आशिष अधिकारीको मृत्यु

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १३:२८

कपिलवस्तुको गोरुसिंगेमा दुध ट्यांकर दुर्घटना, सहचालक आशिष अधिकारीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेमा दुध बोकेको ट्यांकर दुर्घटना हुँदा सहचालक आशिष अधिकारी मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

स्थानीय पत्थरकोटबाट गोरुसिंगेतर्फ आउँदै गरेको लुप्र ०१-००१ क ०८४५ नम्बरको उक्त ट्यांकर सडक छेउको रुखमा ठोकिएको थियो । ट्यांकर चालक महेशप्रसाद चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ ।