• Menu

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त, सर्वोच्चले खारेज गर्‍यो रिट

नेपाल प्रफिट

२०८३ असोज १३, मंगलबार १२:५३

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त, सर्वोच्चले खारेज गर्‍यो रिट

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँग उनी प्रदेशसभा सदस्य पदबाट मुक्त भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो ।

तत्कालीन माओवादी केन्द्रसहितका दलहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागाएका थिए । त्यसपछि नेकपाले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो ।