• Menu

प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्दै किसानको खेतबारीमै पुगिन् कृषिमन्त्री गीता चौधरी

नेपाल प्रफिट

२०८३ साउन १०, १४:५९

प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्दै किसानको खेतबारीमै पुगिन् कृषिमन्त्री गीता चौधरी

काठमाडौं । प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेकी छन् ।

धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरेकी हुन् ।

कृषिमन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मललगायत प्रयोग बढाउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

रासायनिक मलमाथिको निर्भरता पनि  घटाएर  दीर्घकालीनरुपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ । धनुवाको लक्ष्मीनियाँ गाउँपालिका-७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गरैकी हुन् ।

यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका-५, शान्तिपूरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरेकी छन् ।