
भद्रपुर । जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।
पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् ।
उक्त अवधिमा चैते धान ८९ हजार ६५५.३०, वर्षे धान तीन लाख ७७ हजार ५३४.३५, मकै दुई लाख ८३ हजार १८७.८८, कोदो ८६९.४७, फापर तीन हजार ७५८.७०, गहुँ ६ हजार ४१९ र जौ ८.१० मेट्रिक टन उत्पादन भएको थियो ।
आव २०८२/८३ मा एक लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । अघिल्लो आव २०८१/८२ मा एक लाख ४५ हजार ३२६.०६ हेक्टरमा खेती गरी आठ लाख ५२ हजार २०८.२५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।
एक वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ भने उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal