• Menu

मधेस प्रदेशमा हालसम्म ७८.५९ प्रतिशत रोपाइँ सम्पन्न, सिरहामा सबैभन्दा बढी

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार १३:२०

मधेस प्रदेशमा हालसम्म ७८.५९ प्रतिशत रोपाइँ सम्पन्न, सिरहामा सबैभन्दा बढी

धनुषा । मधेस प्रदेशमा हालसम्म ७८.५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो । सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ । यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन् ।

किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले राससलाई बताए ।  यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन् ।