• Menu
s

यामाहा नेपालद्वारा क्षेत्रीय सीप प्रतियोगिता सम्पन्न, राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि ३० जना छनोट

नेपाल प्रफिट

२०८३ जेठ १८, ११:२०

यामाहा नेपालद्वारा क्षेत्रीय सीप प्रतियोगिता सम्पन्न, राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि ३० जना छनोट

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि. ले देशभरका डिलरहरूमा कार्यरत बिक्री तथा सेवा क्षेत्रमा उत्कृष्ट दक्षता प्रदर्शन गर्ने कर्मचारीहरूको मूल्यांकन गर्दै क्षेत्रीय सीप प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यामाहा प्रशिक्षण प्रतिष्ठानको समन्वयमा आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य अग्रपंक्तिमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय सेवा र बिक्री प्रणालीलाई थप सुदृढ बनाउनु रहेको कम्पनीले जनाएको छ।

बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगन्जमा सम्पन्न भएको थियो। त्यस्तै, सेवा तर्फको प्रतिस्पर्धा काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागीहरूको मूल्यांकन उत्पादनसम्बन्धी ज्ञान, बजार प्रतिस्पर्धाबारे बुझाइ, अटोमोबाइल सम्बन्धी आधारभूत क्षमता तथा व्यवहारिक बिक्री र सेवा कौशलका आधारमा गरिएको थियो।

बिक्रीतर्फ बी एण्ड बी अटो ट्रेडर्स प्रा.लि., विराटचोकका चूडामणि आचार्य विजेता बनेका छन्। भिएडब्लु इन्टरप्राइजेज प्रा.लि., पोखराका समुन्द्र पंगेनी उपविजेता तथा डी एण्ड डी अटोलिङ्क प्रा.लि., सीतापाइलाका अनिश महर्जन तेस्रो स्थानमा रहे।

त्यस्तै सेवा तर्फ मोटो क्राफ्ट, गोंगबुका प्रवीण सान्डा विजेता बनेका छन्। ऋषिक अटोमोबाइल्स, कुमारीपाटीका निरोज श्रेष्ठ उपविजेता तथा क्रेसभ कमर्सियल, दमकका दिपन सरकार तेस्रो स्थानमा रहेका छन्।

विजयी सबै प्रतिस्पर्धीहरूले भैरहवास्थित यामाहा कारखाना अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। सेवा तर्फका विजेताहरूले अन्तर्राष्ट्रिय स्तरका सीप प्रतियोगितामा सहभागी हुने अवसर समेत पाउनेछन्।

पाँचै क्षेत्रबाट बिक्री तथा सेवा तर्फका उत्कृष्ट तीन-तीन जनासहित कुल ३० जना प्रतिस्पर्धी राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनोट भएका छन्। राष्ट्रिय सीप प्रतियोगिता जेठ १६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित यामाहा प्रशिक्षण प्रतिष्ठानमा बिहान ९ बजे आयोजना हुने तय गरिएको छ।

एमएडब्लू राइड्सका अनुसार यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र नभई जनशक्तिमा गरिएको दीर्घकालीन लगानी हो। दक्ष जनशक्ति विकासमार्फत डिलर सञ्जाललाई अझ सुदृढ बनाउँदै ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य कम्पनीले लिएको छ।