• Menu

सुनको भाउ घट्दा, चाँदी स्थिर

नेपाल प्रफिट

२०८१ चैत ११, ११:२७

सुनको भाउ घट्दा, चाँदी स्थिर

काठमाडौं  । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १,७३,५०० रुपैयाँ कायम भएको छ। आइतबार मात्रै सुनको भाउ ९०० रुपैयाँले घटेको थियो, जसअनुसार त्यसदिन सुन प्रतितोला १,७४,१०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १,९८५ रुपैयाँमा कारोबार भइरहेको छ। आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३२१.५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।