• Menu

सुनको मूल्य तोलामा नौ सय घट्यो

नेपाल प्रफिट

२०८१ चैत १०, ११:२९

सुनको मूल्य तोलामा नौ सय घट्यो

काठमाडौं । शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।