• Menu

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाल प्रफिट

२०८१ चैत ७, ११:२५

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमै कायम रहेको छ। बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३०४७.८४ डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर २ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ।