• Menu

ऊर्जामन्त्री खड्का भन्छन्- कुलमानले लोडसेसिङ हटाएका होइनन् है !

नेपाल प्रफिट

२०८१ चैत ६, बुधबार २१:१०

ऊर्जामन्त्री खड्का भन्छन्- कुलमानले लोडसेसिङ हटाएका होइनन् है !

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुन: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहटाएको जिकिर गरेका छन् । अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहहेको र भारतबाट आयातित विद्युत्‌का कारण लोडसेडिङ हटेजस्तो भएको उनले बताए ।

‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्‌ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ ।’

मन्त्री खड्काले उज्यालो नेपालको नायक कुलमान नभएको पनि बताए । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप लगाए ।