• Menu

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ८३ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ चैत ३, १६:२३

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा झरेको छ ।

आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ ।

आज व्यापार समूह ४.९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ ।

बैंकिङ ०.८०, वित्त १.३९, होटल तथा पर्यटन ०.५३, जलविद्युत १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा ०.७२ र अन्य समूह १.५२ प्रतिशतले घटेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ८.१९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५८ करोड ६६ लाख आठ हजार तीन सय ४८ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।