काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि १ लाख ७० हजार २ सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९११.६१ डलरमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदी शुक्रबारका लागि १९ सय ९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।