• Menu

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ फागुन २१, बुधबार ११:२८

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६९ हजार पाँच सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य बुधबारका लागि १ लाख ७०  हजार  ४ सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९१२.२७ डलरमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १९ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदी बुधबारका लागि १९ सय ५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।