• Menu

सुनको मूल्य प्रतितोला १४ सयले बढ्यो  

नेपाल प्रफिट

२०८१ फागुन २०, ११:१४

सुनको मूल्य प्रतितोला १४ सयले बढ्यो  

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६८ हजार एक सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य मंगबारका लागि १ लाख ६९ हजार पाँच सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८९३.०९ डलरमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १९ सय १५ रुपैयाँका दरले कारोबार भएको चाँदी मंगलबारका लागि १९ सय ४० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।