• Menu

‍सुनको मूल्य एकै दिन प्रतितोला दुई हजार दुई सय रुपैयाँले घट्यो

नेपाल प्रफिट

२०८१ फागुन १६, शुक्रबार १२:०१

‍सुनको मूल्य एकै दिन प्रतितोला दुई हजार दुई सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि १ लाख ६८ हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८६४.४९ डलरमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १९ सय ४५ रुपैयाँका दरले कारोबार भएको चाँदी बिहीबारका लागि १९ सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।