काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४ जना विदेशी नागरिकको मलद्वारबाट झन्डै ४ किलो सुन बरामद गरेको छ। फ्लाई दुबई विमानबाट नेपाल आएका तीन महिला र एक पुरुष भन्सार जाँच पास गरी टर्मिनल गेट निस्कने क्रममा पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी र भन्सार कर्मचारीको प्रारम्भिक जाँचपछि उनीहरू गेटसम्म पुगेका थिए । तर, नेपाल प्रहरीले शंका गरी जाँच गर्दा उनीहरूको मलद्वारमा लुकाइएको झन्डै चार किलो सुन फेला परेको थियो ।
पक्राउ परेका विदेशीहरूलाई विमानस्थल हुँदै सुन तस्करी गर्ने गिरोहको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।