काठमाडौं । क्लासिक डाइमन्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस) सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा क्लासिक डाइमन्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनका विजेतालाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
देशभरबाट छानिएका प्रतियोगीमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमन्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन् । विजेताहरुले नगद पुरस्कारसहित एक वर्षका लागि ‘क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् ।
फेसन सोमा विजेताहरुको क्राउनिङ सेरेमोनी पनि भएको थियो । क्राउनिङ सेरेमोनीपछि विजेताहरुलगायत विभिन्न मुलुकका १५ भन्दा बढी अन्तर्राष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहना लगाएर र्याम्पमा वाक गरेका थिए ।
उक्त अवसरमा मिस युनिभर्स २ हजार तथा बलिउड अभिनेत्री लारा दत्त सो-स्टपर रहेकी थिइन् । दत्तले क्लासिक डाइमन्डको विशेष क्राउन लगाएर र्याम्प वाक गरेकी थिइन् । साथै, उनले क्लासिक डाइमन्ड तथा नेपालका बारेमा पनि आफनो विचार व्यक्त गरेकी थिइन् ।
यसैगरी, फागुन १३ देखि क्लासिक डाइमन्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन आयोजना गरेको छ । एक्जिबिसन क्लासिक डाइमन्ड ज्वेलर्सको न्युरोड तथा पुल्चोक सोरुममा आयोजना भइरहेको छ ।
एक्जिबिसनमा क्लासिक डाइमन्ड ज्वेलर्सले इतिहासमै पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ । उक्त अवसरमा इलाइट कलेक्सनअन्तर्गत पाँच विभिन्न क्याटागोरीमा हिराका गहना पनि प्रदर्शनीमा राखिएका छन् ।