काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१३ अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ७ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंकमा उक्लिएको हो ।
आज १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९ वटा कम्पनीको भने स्थिर रह्यो ।
मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ११ अर्ब ८ करोडको रुपैयाँको कारोबार भएकामा आज ९ अर्ब ९० करोड ९३ लाखको कारोबार भयो ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलमा सकारात्मक सर्किट लागेको छ । सपोर्टमाइक्रो फाइनान्स ८.९६, भूगोल इनर्जि ८.४१, नेपाल रि इन्स्योरेन्स ६.२८ र मोलुङ हाइड्रोपावरको ५.७९ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै, अन्य समूह सबैभन्दा धेरै २.९० प्रतिशत मूल्य बढेको छ भने जलविद्युत स्थिर रहेको छ ।
बैंकिङ समूह ०.०२, उत्पादन तथा प्रशोधन ०.१८, लगानी ०.७७, म्युचुअल फन्ड ०.०५, होटल तथा पर्यटन ०.०५ र जीवन बिमाको ०.७१ प्रतिशत मूल्य बढेको छ । विकास बैंक ०.१२, निर्जीवन बिमाको ०.७४, लघुवित्त ०.६३, वित्त १.२१ प्रतिशत मूल्य घटेको छ ।
विन नेपाल लघुवित्तमा ८.९७ राप्ती हाइड्रोपावर ६.६८ रिलायन्स फानान्सको ४.६१ छ्याङदी हाइड्रोपावर ४.१७ र बोट्लर्स नेपालको ४.१७ प्रतिशत मूल्य घटेको छ । आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भयो ।