• Menu

ग्लोबल आइएमई र लक्ष्मी सनराइजको ब्याजदर परिवर्तन, अरु सबै बैंकको स्थिर

नेपाल प्रफिट

२०८१ माघ ३०, बुधबार १३:२५

ग्लोबल आइएमई र लक्ष्मी सनराइजको ब्याजदर परिवर्तन, अरु सबै बैंकको स्थिर

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर २० मध्ये १८ बैंकले स्थिर राखेका छन् ।

ग्लोबल आइएमई र लक्ष्मी सनराइजबाहेकका १८ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ग्लोबल आइएमईले फागुनका लागि ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइजले घटाएको छ ।

ग्लोबल आइएमईले फागुनका लागि ५.७५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याएको छ भने लक्ष्मी सनराइजले ५.७५ बाट घटाएर ५.५ प्रतिशतमा झारेको छ । नयाँ ब्याजदर फागुन १ बाट लागू हुनेछ ।