• Menu

प्रतितोला २७ सय रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ माघ ३०, बुधबार ११:२३

प्रतितोला २७ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बुधबारका लागि १ लाख ६७ हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।

महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८८५.३ डलरमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १९ सय ४५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।