• Menu

ललितपुरका यी स्थानमा आज काटिँदैछ बिजुली

नेपाल प्रफिट

२०८१ माघ ४, शुक्रबार ०७:१७

ललितपुरका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शखमूल, पाटनढोका, मंगलबजार र छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ । बिजुली कटौतीका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा पहिल्यै बिजुली आउनेसमेत सूचनामा उल्लेख छ ।