• Menu

प्रतितोला १ लाख ५५ हजार सात सय पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ पुस २८, १०:५८

प्रतितोला १ लाख ५५ हजार सात सय पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ बढेको छ ।

नेपाली बजारमा शुक्रबार प्रतितोला १ लाख ५४ हजार एक सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज आइतबारका लागि १ लाख ५५ हजार सात सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २६८९.३४ डलर पुगेको छ ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १८ सय ४५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १८ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।