काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार उच्च अंकको वृद्धि भएको छ । सबै उपसूचकमा हरियाली छाएपछि समग्र बजार परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ अंकमा उक्लिएको छ ।
होटल तथा पर्यटन, जलविद्युत र लगानी समूह ३ प्रतिशतभन्दा धेरैले बढेका छन् । सोमबार २२६ कम्पनीको मूल्य बढेको छ । आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नेप्सेसँगै कारोबार मूल्य पनि बढेको छ । आज ३१२ कम्पनीको ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । परिसूचक १.८९ प्रतिशतले बढ्दा पनि १२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
नेप्से लगातार चौथो दिन बढेको हो । यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार पनि नेप्से बढेको थियो ।