• Menu

सामान्य बढ्यो सेयर बजार, ४ अर्ब ८६ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ पुस २१, १५:३३

सामान्य बढ्यो सेयर बजार, ४ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक पहिलो कारोबार दिन आइतबार सामान्य बढेको छ । सेयर बजार ५.३२ अंकले बढेर २५९१.५६ अंकमा उक्लिएको हो ।

आज कारोबार रकम पनि बढेको छ । गत बिहिबार ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएकामा आज ४ अर्ब ८६ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।

आज १४४ कम्पनीको मूल्य बढ्दा ९४ वटाको भने घटेको छ । ८ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

आज उपकार लघुवित्त संस्था लिमिटेड,डोल्डी खोला जल विद्युत आयोजना र ग्रिन भेन्चर्स लिमिटेडको १० प्रतिशत मूल्य बढेको छ । दोल्टी पावर कम्पनीको ९.४४ र ग्रिन डभेलपमेन्ट बैंकको ९.२४ प्रतिशत मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् यस कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले गुमाएका हुन् ।