• Menu

असोजको वर्षा र बाढीको क्षति : १२ अर्ब ८६ करोड ६६ लाखबराबरको बिमा दाबी

नेपाल प्रफिट

२०८१ पुस २०, शनिबार ०६:४३

असोजको वर्षा र बाढीको क्षति : १२ अर्ब ८६ करोड ६६ लाखबराबरको बिमा दाबी
थामे बाढीको वितण्डा । फाइल तस्बिर ।

काठमाडौँ । असोजको दोस्रो साताको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बिमा दाबी भएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ । त्यसमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार १५४ रुपैयाँबराबर भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमामा एक हजार सात सय ७४ वटा दाबी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दाबी सम्पत्ति बिमामा परेको छ ।

यस्तै, इन्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

मोटर बिमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दाबी रकम माग गरिएको छ ।

मोटर बिमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा रु २८ करोड ९९ लाख १६ हजार बराबरको दाबी रकम माग भएको छ । सामुन्द्रिक बिमामा २३ वटा आवेदन परेको छ । त्यसमा चार करोड चार लाख ९७ हजारबराबरको रकम माग भएको छ ।

पशुपन्छी बिमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ । कृषि बाली बिमातर्फ एक सय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार ६९५ बराबरको माग दाबी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दाबी भएको छ ।

प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेसमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । वर्षा र बाढी प्रभावित बागमती प्रदेशमा तीन हजार दुई सय १३ माग दाबी रहेकामा एक हजार पाँच सय ८५ वटाको भुक्तानी भएको छ ।

गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा ६ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।