• Menu

स्मार्टच्वाइस र एभरेस्ट बैंकबीच स्मार्ट पे मार्फत अन्तरबैंक भुक्तानी सम्झौता

नेपाल प्रफिट

२०८१ पुस १७, बुधबार २०:४४

स्मार्टच्वाइस र एभरेस्ट बैंकबीच स्मार्ट पे मार्फत अन्तरबैंक भुक्तानी सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज र तीन दशकदेखि नेपालीलाई गुणस्तरीय  बैंकिङ सेवा दिँदै आएको एभरेस्ट बैंकबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापश्चात एभरेस्ट बैंकका ग्राहक तथा प्रयोगकर्ताले बैंक खातामा स्मार्ट पे मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।

दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइसले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।

यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठूला कर्पोरेटहरुले सेवाग्राहीका नेपालभरिका जुनसुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् ।

यस सेवाको सुरुवातपश्चात् एभरेस्ट बैंकमार्फत प्राप्त हुने भुक्तानी रकम बैंक खातामा ट्रान्सफर अझै छिटोछरितो र भरपर्दो बन्ने विश्वास कम्पनीले लिएको छ ।