काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ६८ अंकको उतारचढाव आएको छ । कारोबार खुलेदेखि दिउँसो अढाई बजेसम्म लगातार घटेर २५४५.३४ अंकमा झरेको नेप्से अन्तिम आधा घण्टामा उकालो लागे पनि ३३ अंकले घटेर कारोबार बन्द भएको हो ।
नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ३३.०८ अंकले घटेर २५७७.५० अंकमा ओर्लिएको छ । आज २१२ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि २९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । तीनवटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज ३०८ कम्पनीको ५ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । आइतबार ५ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । अन्य समूह जम्मा ०.०६ प्रतिशत बढेको छ ।
बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटेको छ ।
आज नाडेप लघुवित्तको सेयर मूल्य ४.०१ प्रतिशत बढेको छ । त्यस्तै उपकार लघुवित्तको ४ प्रतिशत र रसुवागढी हाइड्रोपावरको ३.१० प्रतिशत मूल्य बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको मूल्य भने १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ ।