• Menu

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण, १४ प्रतिशतले बढ्यो आगमन

नेपाल प्रफिट

२०८१ पुस १६, १२:५१

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण, १४ प्रतिशतले बढ्यो आगमन

काठमाडौँ । सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज मंगलबार बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएको बताए । उनका अनुसार सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा धेरैले पर्यटक आगमन बढेको छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।