काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ४९ हजार ६०० सय रुपैयाँ निर्धारण भएको हो ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । त्यस्तै सोमबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।