काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो ।
२१ दिन अवधिको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।
अनलाइन बिडिङ सिस्टम सफ्टवेयरबाट आज दिउँसो २ बजेसम्म बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी माघ ६ गते हुने राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरण घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउँछन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातबाटै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ ।