• Menu

दक्षिण कोरियामा विमान दुर्घटना : ८५ जनाको मृत्यु, दुईको जिवित उद्धार

नेपाल प्रफिट

२०८१ पुस १४, १०:५२

दक्षिण कोरियामा विमान दुर्घटना : ८५ जनाको मृत्यु, दुईको जिवित उद्धार

काठमाडौँ । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आइतबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैंकबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।