• Menu

सामान्य बढ्यो सेयर बजार, ५ अर्ब ३२ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ पुस ११, १५:४३

सामान्य बढ्यो सेयर बजार, ५ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य बढेको छ । सेयर बजार ४.१९ अंकले बढेर २६३०.७१ अंकमा उक्लिएको हो ।

आज कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएकामा आज ३१० कम्पनिको मूल्य ५ अर्ब ३२ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।

आज ७० कम्पनीको मूल्य बढ्दा १६३ वटाको भने घटेको छ । ९ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

आज आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८ तथा कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ प्रतिशत मूल्य बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत मूल्य घटेको छ ।

जोशी हाइड्रोपावरको ९.९ तथा सप्तकोशी विकास बैंकको मूल्य ९.४ प्रतिशत घट्यो भने ग्रीन डेभलपमेन्ट बैंकको ८.४, एक्सल डेभलपमेन्ट बैंकको ४.४ तथा मितेरी डेभलपमेन्ट बैंकको ३.५ प्रतिशत मूल्य घटेको छ ।