• Menu

बुधबार प्रतितोला सात सय रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ पुस ३, बुधबार ११:१४

बुधबार प्रतितोला सात सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बुधबार प्रतितोला सात सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५० हजार सात सय रुपैयाँ निर्धारण भएको हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । चाँदी मंगलबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको थियो ।