• Menu

सेयर बजार सामान्य अंकले बढ्यो, साढे ४ अर्बको कारोबार

नेपाल प्रफिट

२०८१ पुस २, १५:४४

सेयर बजार सामान्य अंकले बढ्यो, साढे ४ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज मंगलबार सामान्य बढेको छ । सोमबार ५१.३६ अंकले घटेको नेप्से आज २.९५ अंकले बढेर २६३३.८७ अंकमा उक्लिएको हो ।

आज कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब ९३ करोडको कारोबार भएको नेप्सेमा आज ४ अर्ब ३४ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।

आज ११७ कम्पनीको मूल्य बढ्दा ११७ वटाको भने घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो ।

आज सपोर्ट माइक्रो फाइन्सको मूल्य १० प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्सको मूल्य ९.८५ प्रतिशत र डोल्टी पावर कम्पनी लिमिटेडको ९.०९ प्रतिशत बढेको छ । कारोबारका आधारमा जानकी फाइनान्सको कारोबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।