• Menu

सभापति लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाल प्रफिट

२०८१ पुस २, १३:५०

सभापति लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

प्रहरीले गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीले उनीमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।