काठमाडौं । सुनको मूल्य आज मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५१ हजार ४ सय रुपैयाँ निर्धारण भएको हो ।
चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदीको मूल्य सोमबारकै जत्ति नै प्रतितोला एक हजार ८४० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । चाँदी आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।