• Menu

सेयर बजारमा उच्च अंकको गिरावट, २२७ कम्पनीको मूल्य घट्यो

नेपाल प्रफिट

२०८१ पुस १, १५:५५

सेयर बजारमा उच्च अंकको गिरावट, २२७ कम्पनीको मूल्य घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार ५१.३७ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ अंकमा ओर्लिएको हो ।

गत बिहीबार सेयर बजार ३३.४२ अंकले घटेर २६८२.२९ पुगेको थियो ।

आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि १५ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज कारोबार रकम भने बढेको छ । आज ३०४ कम्पनीको ५ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै जोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.४० प्रतिशतले बढेको छ ।

वाणिज्य बैंक १.४९ प्रतिशत, विकास बैंक २.०३ प्रतिशत, होटेल तथा पर्यटन २.३१ प्रतिशत, हाइड्रोपावर २.३१ प्रतिशत, लगानी १.५६ प्रतिशत, जिवन बिमा १.८१ प्रतिशत घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशत, लघुवित्त १.८६ प्रतिशत, निर्जीवन बिमा १.४२ प्रतिशत, अन्य समूह १.४५ प्रतिशत र ट्रेडिङ समूह ३.५५ प्रतिशत घटेको छ ।