काठमाडौं । शिवम् सिमेन्टले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ मा बसेको १३३औं सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ८.५५ बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद सेयर वितरण प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको ८.५५ प्रतिशतका दरले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँबराबरको बोनस तथा चुक्ता पुँजीको ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५ सय रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको जनाएको छ ।
साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले पुस २९ का लागि वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस १७ गतेका लागि बुक क्लोज मिति तय गरिएको छ । लाभांश पाउन पुस १६ सम्म सेयर होल्ड गर्नुपर्ने या खरिद गरी सेयरधनी बन्नुपर्ने हुन्छ ।
कम्पनीले गत वर्ष १५ प्रतिशत लाभांश बाँडेको थियो ।