काठमाडौं । सुनको मूल्य आज सोमबार बढेको छ । सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदीको मूल्य आइतबारकै जत्ति प्रतितोला एक हजार ८ सय ४० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।