नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले रोमाञ्चक जित हात पारेको छ । काठमाडौँ गुर्खाजले विराटनगरलाई एक विकेटले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो ।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।
विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले ६, इस्मत आलमले ५ र क्रिस सोलले एक रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ । बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । बसिर अहमद,अनिल खरेल र क्रिस सोलले २-२ विकेट लिए ।
विराटनगर किंग्सले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८.१ बलमा पुरा गर्यो ।
काठमाडौँ लागि प्रतिक श्रेष्ठले सार्वधिक ३९ रन बनाए । शंकर राणा अविजित १६ रनमा जोडे । त्यस्तै, जेरार्ड एरास्मस १० र माइकल लेभिटेले १२ रन बनाए ।
बलिङमा काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक-एक विकेट लिए ।
सुदूरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरे मात्र कर्णाली बाहिरिने छ । ५३ रन भन्दा बढीले पराजित गरे मात्र काठमाडौं नेटरनरेटमा माथि पुग्ने छ । काठमाडौंको सम्भावना भने कमै देखिएको छ ।