काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५० हजार ८ सय कायम भएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार प्रतितोला एक हजार ८ सय ६० मा कारोबार भएकामा आज एक हजार ८ सय ४० मा किनबेच भैरहेको महासंघले जनाएको छ ।