काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार ९ सय २५ मा कारोबार भएकामा आज एक हजार ८ सय ६० मा किनबेच हुने महासंघले जनाएको छ ।