• Menu

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल प्रफिट

२०८१ मंसिर २७, १७:२५

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश
फाइल तस्बिर ।

काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।

साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

यसै बिच उनीविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ पर्न सक्ने जनाइएको छ ।