काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पाँचौ जित निकालेको छ ।
काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्न सफल भएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर काठमाडौं पहिले ब्याटिङ गरेको थियो ।
काठमाडौं गुर्खाजका लागि गेरार्ल्ड इरासमसले २० रन जोड्न सके । सुमित महर्जन शून्य, रसिद खान ७ रन, डान डाउथवेट १ रन र प्रतिश श्रेष्ठ ६,कप्तान करण केसी १९ रन बनाए । भीम सार्की चार रनमा आउट भए ।
काठमाडौं गुर्खाजले दिएको १०२ रन को लक्ष्य जनकपुरले १५.५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुरका लागि हर्ष थाकरले नटआउट २५ रन र मोहमद मोहसिनले नटआउट १३ रन जोडे।
त्यस्तै,ओपनिङ ब्याटर आसिफ शेख २ रन र कप्तान अनिलकुमार साह ११ रनमै आउट भए । अर्का ओपनर लाहिरू मिलन्थाले पनि १६ रन मात्र जोड्न सके।
बलिङमा जनकपुरका ललितले ३ विकेट लिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका ललितले कुल ११ विकेट लिइसकेका छन् ।