काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ३३.४२ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ अंकमा ओर्लिएको हो ।
बुधबार सेयर बजार ४५.८८ अंकले बढेर २७१५.७१ पुगेको थियो ।
आज २०४ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ४० कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
आज कारोबार रकम भने बढेको छ । आज ३०४ कम्पनीको ६ अर्ब १४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । बुधबार ५ अर्ब ५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
बिहीबार उत्पादन समुह ०.३८ प्रतिशत बढ्दा अरु सबै समुह घटेको छ । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटेको छ ।
त्रिशुली जलविद्युतको ८.५ प्रतिशत मूल्य बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको ७.५, कुथेली बुखरी स्मल हाइड्रोपावरको ६.६, भूगोल इनर्जीको ५.९९ प्रतिशत मूल्य बढेको छ ।