• Menu

काठमाडौंले जनकपुर बोल्ट्सलाई दियो १०२ रनको लक्ष्य

नेपाल प्रफिट

२०८१ मंसिर २७, १४:४२

काठमाडौंले जनकपुर बोल्ट्सलाई दियो १०२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्स १०२ रनको लक्ष्य दिएको छ ।  काठमाडौं गुर्खाज १९.३ बलमा १०१ रन बनाउदै अलआउट भएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर काठमाडौं पहिले ब्याटिङ गरेको थियो ।

काठमाडौं गुर्खाजका लागि गेरार्ल्ड इरासमसले २० रन जोड्न सके । सुमित महर्जन शून्य, रसिद खान ७ रन, डान डाउथवेट १ रन र प्रतिश श्रेष्ठ ६,कप्तान करण केसी १९ रन बनाए । भीम सार्की चार रनमा आउट भए ।

बलिङमा जनकपुरका ललितले ३ विकेट लिए। जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका ललितले कुल ११ विकेट लिइसकेका छन् ।