काठमाडौं । लगातार तिन दिन घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार बढेको छ । आज ४५.८८ अंकले बढेर २७१५.७१ अंकमा उक्लिएको हो ।
आज कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ४१ करोडको कारोबार भएको नेप्सेमा आज ५ अर्ब ५ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।
आज २११ कम्पनीको मूल्य बढ्दा २९ वटाको भने घटेको छ । तिन कम्पनीको मूल्य स्थिर रह्यो ।
आज विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढेको छ ।
त्यस्तै, न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढेको छ ।
खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२, महिला लघुवित्तको ६.२ तथा उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशत घटेको छ ।