काठमाडौं । आईसीएफसी फाइनान्सले हालसम्मकै न्यून लाभांश घोषणा गरेको छ । कम्पनीको आज मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै न्यून हो । गत वर्ष फाइनान्सले ६.५ प्रतिशत नगद बाँडेको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । साधारण सभाको मिति तोकिएको छैन ।