• Menu

सुनको मूल्य एकैदिन २१ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ मंसिर २५, ११:०७

सुनको मूल्य एकैदिन २१ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ५२ हजार दुई सय रुपैयाँ निर्धारण भएको हो ।

गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको थियो ।