• Menu

सोमबार १२.८४ अंकले घट्यो नेप्से, ५ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ मंसिर २४, १५:५९

सोमबार १२.८४ अंकले घट्यो नेप्से, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब १३ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ अंक कायम भएको हो ।

आज १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ वटाको स्थिर छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ९२ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ४६ करोड रुपैयाँ कारोबार भएकोमा आज ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घटेको छ ।